global ime bank Long Banner Ad

गृहपृष्ठ भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाली महिला टाेली

भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाली महिला टाेली

भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाली महिला टाेली

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज भारतसँग प्रतिष्पर्धा गर्दैछ ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली टाेलीले घरेलु टोली भारतको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलमा यो पटक अनन्तराज थापाले नेपाली महिला टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् ।

नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ । नेपाली राष्ट्रिय टिम साेमबार भारत प्रस्थान गरेकाे थियाे ।

नेपाली टिम:

गोलकिपरः

एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ ।

डिफेन्डरः

हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे ।

मिडफिल्डरः

विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी ।

फरवार्डः

अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु