global ime bank Long Banner Ad

गृहपृष्ठ मुस्ताङको थासाङमा बस दुर्घटना हुँदा १६ जना घाइते

मुस्ताङको थासाङमा बस दुर्घटना हुँदा १६ जना घाइते

मुस्ताङको थासाङमा बस दुर्घटना हुँदा १६ जना घाइते

मुस्ताङमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बुधबार बिहान पोखराका लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका असई कृष्ण पोखरेलका अनुसार ना ७ ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुमा दुर्घटनाग्रस्त भएको हो ।

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी–जोमसोम सडकखण्डमा दुर्घटना भएको हो । बस कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकृत प्रहरी निरीक्षक राजकुमार तामाङले बसमा १७ जना रहेको बताए । घाइतेहरूलाई उपचारका लागि नजिकै रहेको लेते अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु