global ime bank Long Banner Ad

गृहपृष्ठ सामसुङको भ्यालेन्टाइन अफर : ‘ग्यालेक्सी जेड फोल्ड४’ खरिदमा ३९ हजार रुपैयाँ बचतकाे माैका

सामसुङको भ्यालेन्टाइन अफर : ‘ग्यालेक्सी जेड फोल्ड४’ खरिदमा ३९ हजार रुपैयाँ बचतकाे माैका

सामसुङको भ्यालेन्टाइन अफर : ‘ग्यालेक्सी जेड फोल्ड४’ खरिदमा ३९ हजार रुपैयाँ बचतकाे माैका

नेपालबाट लुप्त भएको धेरै समयपश्चात् फेरि नेपाली बजारमा सामसुङको लोकप्रिय टप-टायर फोल्डेबल्स फेरि देखापरेका छन् । सामसुङको ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्सी जेड फोल्ड४ गत वर्ष बजारमा उपलब्ध भए पनि धेरै समयसम्म यी फोनहरू हराएका थिए । यिनै उत्पादनहरू लामो पर्खाइपछि सामसुङका अन्य प्रमुख उत्पादनहरूसँगै हालसालै बजारमा आएका छन् ।

तर, पुनरागमनले ल्याएको खुसियाली त्यति मात्र होइन, फोल्डेबल्सका साथै सामसुङले प्रदान गरेका अफरहरू पनि त्यत्तिकै आकर्षक छन्, जसलाई छुटाउनै हुँदैन । ग्यालेक्सी जेड फोल्ड४ खरिद गर्दा १० हजार रुपैयाँ थप गरेमा ४९ हजार रुपैयाँ पर्ने विल्कुलै नयाँ४६ मिमीको ग्यालेक्सी वाच४ क्लासिक पनि प्राप्त हुने कम्पनीले जनाएको छ, जसबाट ३९ हजार रुपैयाँ बचत हुनेछ ।

यसैगरी, अर्को आकर्षक अफरअन्तर्गत ग्यालेक्सी जेड फ्लिप४ खरिद गर्दा साथमा ५ हजार थप गरे २७ हजार ९ सय ९९ रुपैयाँ पर्ने ग्यालेक्सी बड्स२ प्रो अफरमा पाइने कम्पनीले जनाएको छ । यसबाट पनि ग्राहकहरूले २२ हजार ९ सय ९९ रुपैयाँ बचत हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार जेड सिरिजले बजारमा उपलब्ध भइरहेका फोनहरूमा मुख्य फोल्डेबल फोनको रूपमा पहिले नै एक क्रान्तिकारी अवधारणा स्थापित गरिसकेको छ । यो अफर खास गरेर प्रेमिल महिनाको रूपमा चर्चित फेब्रुअरीलाई लक्षित गरेर ल्याइएको हो ।

यो अफरअन्तर्गत उपलब्ध जोडी उपकरणहरू आफ्नो प्रियजनलाई प्रदान गर्ने एक विशिष्ट उपहार हुन सक्नेछ । यो अफर यही फेब्रुअरी महिनाभरका लागि अर्थात् फेब्रुअरी २८ सम्म मात्र सञ्चालनमा रहने बताइएको छ ।

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु