global ime bank Long Banner Ad

गृहपृष्ठ फेरि दूधको मूल्य बढाइँदै

फेरि दूधको मूल्य बढाइँदै

फेरि दूधको मूल्य बढाइँदै

उपभोक्तालाई प्रतिलिटर १४ रुपैयाँ थप भार पर्ने गरी दूधको मूल्य बढाउन चलखेल सुरु भएको छ । डेरी उद्योगीहरूको दबाबमा सरकारले एक वर्षमै मूल्य बढाउन गृहकार्य थालेको छ । यसअघि ०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो ।

अन्य सामानको मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा आफूखुसी प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरे पनि अहिले फेरि सरकारसँग मिलोमतो गरेर मूल्य बढाउन चलखेल थालिएको हो ।

सरकारले किसानको लागत, बजार मूल्य तथा उपभोक्ताको क्रयशक्ति हेरेर वैज्ञानिक रूपमा अध्ययन गर्ने बताए पनि पर्याप्त अध्ययनबिनै मूल्य बढाउन गृहकार्य सुरु भएको हो ।

लागत बढेकै कारण सरकारले ०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको थियो । कच्चा दूधको मूल्य बढाएलगत्तै दुग्ध विकास संस्थान ९डीडीसी० ले फ्याटका आधारमा स्ट्यान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, टि–मिल्कमा १० रुपैयाँ, काउ–मिल्कमा १२ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म बढाएको थियो । निजी डेरीहरूले पनि सोहीअनुसार मूल्य बढाएका थिए । अहिले डीडीसीले आधा लिटर स्ट्यान्डर्ड दूधको मूल्य साढे ४२ रुपैयाँ तोकेको छ । उपभोक्ताले भने ४५ रुपैयाँ तिर्दै आएका छन् । अब प्रतिलिटर एक सय रुपैयाँ पुर्‍याउने खेल भएको हो ।

प्रकाशित समय : ०७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु