global ime bank Long Banner Ad

गृहपृष्ठ माया खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

माया खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

माया खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

माया खोला हाइड्रोपावरको आइपिओ आज (बिहीबार) बिहान बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपीओमा कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकोमा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो।

सो मध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्कासन गरिसकेको छ।

त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ।

बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीकोे वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

प्रकाशित समय : १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु