गृहपृष्ठ सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि
सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि
नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ । गत कारोबार दिन अर्थात् बुधबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख चार हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार तीन रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि ५ रूपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित समय : १२:१३ बजे



















