गृहपृष्ठ राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त
राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन् । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।
केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको क्यानले जनाएको छ । देसाईसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।
प्रकाशित समय : १४:५२ बजे



















