गृहपृष्ठ आफूलाई विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठले दिए आयोगमा निवेदन

आफूलाई विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठले दिए आयोगमा निवेदन

आफूलाई विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठले दिए आयोगमा निवेदन

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार आयोग पुगेर उनले निवेदन दिएका हुन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भएका थिए । सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि निर्वाचनमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषित हुनुपर्ने श्रेष्ठकाे माग छ ।

नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीहरूसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए । उनले उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारे ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु