गृहपृष्ठ उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ भने तराईका धेरै भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश नं. १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं. १ , गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित समय : ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु