nmb bank

गृहपृष्ठ नेकपा एकीकृतकाे केन्द्रीय कमिटी बैठक : यस्ताे छ अध्यक्ष नेपालकाे प्रतिवेदन

नेकपा एकीकृतकाे केन्द्रीय कमिटी बैठक : यस्ताे छ अध्यक्ष नेपालकाे प्रतिवेदन

नेकपा एकीकृतकाे केन्द्रीय कमिटी बैठक : यस्ताे छ अध्यक्ष नेपालकाे प्रतिवेदन

नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कमिटीकाे बैठक सुरु भएको छ । बालकुमारीस्थित कान्तिपुर गार्डेनमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदनमा नेकपा एमाले दक्षिणपन्थी अवसरवादी र नेकपा माओवादी ढुलमुले भएको आरोप लगाइएको छ । प्रतिवदेनमा भनिएकाे छ, ‘एमाले दक्षिणपन्थी अवसरवादी र स्वार्थका लागि संविधान र लोकतन्त्र मास्न बेर लाउँदैन । माओवादी ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी हो र सत्तास्वार्थ निम्ति जुनसुकै बेला कादम चाल्न सक्ने अस्थिर र ढुलमुले चरित्र छ ।’

अध्यक्ष नेपालले तत्काल माओवादी केन्द्र र जसपासँग तत्काल एकता हुने सम्भावना नरहेकाे बताएका छन् । अध्यक्ष नेपालले आज केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ती दलहरूसँग मोर्चाबन्दी गर्न सकिने भए पनि एकताको चरणमा पनि पुग्न सक्ने अवस्था नभएको विश्लेषण सुनाएका छन् । ‘सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी भने तात्कालिक राजनीति, आर्थिक सामाजिक, सांस्कृतिक मुद्दाहरूमा दृष्टिकोण मिल्नेहरूका बीच गर्न सकिन्छ । त्यसका निम्ति हामीले पहल गर्नुपर्छ,’ प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचनकाे समीक्षा, केन्द्रीय सचिवालय र स्थायी कमिटीका निर्णय अनुमाेदन, प्रदेश कमिटीका निर्णय अनुमाेदन र समसामयिक विषयमाथि छलफल गर्ने बैठकका एजेण्डा छन् ।

प्रतिवेदन:

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु