गृहपृष्ठ आफ्नै छोरीलाई रुखमा बाँधेर बलात्कार गर्ने बुवा पक्राउ
आफ्नै छोरीलाई रुखमा बाँधेर बलात्कार गर्ने बुवा पक्राउ
आफ्नै छोरीलाई रुखमा बाँधेर बलात्कार गर्ने बुवालाई प्रहरी पक्राउ गरेको छ । कैलालीको चुरे गाउँपालिका–५ भासु बजारमा बस्दै आएका ४५ वर्षीयले बुवाले आफ्नै जेठी छोरीलाई जंगलमा लगेर रुखमा बाँधेर बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले गए राति १० बजे पक्राउ गरेको छ ।
जेठ १७ गते रुखमा बाँधेर बलात्कार गरेको भन्दै पीडित युवतीले उजुरी दर्ता गरेकी थिइन् । उजुरी दर्ता भएदेखि फरार रहेका उनका बुवालाई मंगलबार राति १० बजे सहजपुरको जंगलबाट पक्राउ गरेको ईलाका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक माधब विश्वकर्माले बताए ।
भासुको जंगलमा रुखमा हात र खुट्टा बाँधेर बलात्कार गरेको र कसैलाई खबर गरे मार्ने धम्कीसमेत दिएको पीडित महिलाको भनाइ रहेकोसमेत प्रहरी निरीक्षक विश्वकर्माले बताए । पीडित युवतीलाई उपचारका लागि पठाइएको र पीडक बुवालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ ।
प्रकाशित समय : १९:३८ बजे




















