global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘जेठ २५ भित्र कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प छैन’

‘जेठ २५ भित्र कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प छैन’

‘जेठ २५ भित्र कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प छैन’

साना-ठुला व्यवसायीले लकडाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति गम्भीरतापूर्वक ध्यान आकृष्ट भएको नेपाली कांग्रेसले  जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको सो कदमको भद्र अवज्ञा गर्न आव्हान गरेका छन् ।

‘व्यावसायीहरुले भोग्नु परेको व्यावसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको थियोे । प्रतिपक्षको पटक-पटकको आग्रहका बावजुद राहतको न्यायोचित प्रबन्ध गर्न सरकार बिल्कुल गम्भीर भएन । तर लकडाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिका बीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेर पनि बुझ पचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेको छ, ‘नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो । सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन,’

‘कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने एवं गर्न सकिने निर्णय र कार्यमा सरकार गम्भीर भएन । व्यापक पीसीआर परीक्षण गरेर साना-ठुला व्यवसाय क्रमशः सञ्चालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसँग देखिएन । समग्र व्यवसायिक क्षेत्रको चुनौतीलाई सहज बनाउन सरोकारवालाहरुसँग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्नतर्फ पनि सरकारको ध्यान गएन । तर लकडाउन जारी रहेकै बेला केवल कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार होइन दायित्व र संवेदनाविहीन रहेको पुष्टि भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारलाई समयको गम्भीरताप्रति गम्भीर बन्न माग गर्दै, लक डाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याकंन गरेर कार्य गर्न म अपिल गर्दछु । जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकन साथ संवाद मार्फत समयावधि थप गर्न सरकार समक्ष माग गर्दछु,’ देउवाले भनेका छन् ।

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु