global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेप्सेमा १५ अंकको गिरावट

नेप्सेमा १५ अंकको गिरावट

नेप्सेमा १५ अंकको गिरावट

अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५.७४ अंकले घट्दै २१११.६३ विन्दुमा झरेको हो ।

दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी रिडी पावर कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको आज १४ करोड ३७ लाख ३ हजार ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज हाइड्रोपावर कम्पनी समूहको उपसूचक झिनो अंकले बढेको छ भने बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.२१ प्रतिशतले घट्न पुगेको छ ।

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु