घट्यो सुनको मूल्य, चाँदीको स्थिर
वि.सं.२०७९ माघ १७ मंगलवार ११:३३
shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियाे । मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।






















