global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सरकारले थप्यो कर बुझाउने म्याद

सरकारले थप्यो कर बुझाउने म्याद

सरकारले थप्यो कर बुझाउने म्याद

घरबन्दीकै बीचमा जेठ २५ गतेभित्र बक्याैता कर नबुझाएमा जरिवाना तिर्नुपर्ने सूचना जारी भएलगत्तै व्यापक विरोध भएपछि सरकारले कर बुझाउने म्याद थपेको छ ।

आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकासित गरी फागुन, चैत, वैशाखको मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क र आयकरको अग्रिम कर कट्टी असार ७ गतेभित्र तिरे हुने जनाएको छ ।

चैतसम्म बुझाउनु पर्ने आयकर भने असार १५ गतेभित्र बुझाए हुने विभागले उल्लेख गरेको छ भने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर असार ७ गतेभित्र तिरे हुने जनाइएकाे छ ।

नेपाली कांग्रेसले बुधबारै  विज्ञप्ति जारी गरी कर अवज्ञा गर्ने चेतावनी दिएको थियो भने सामाजिक सञ्जालमा सरकारको परिपत्रको व्यापक आलोचना भएको थियो ।

लक्ष्यभन्दा तीन खर्ब रूपैयाँ कम राजस्व संकलन भएपछि सरकार यतिबेला स्रोतको संकटमा फँसेको छ । मंगलबार (जेठ २० गते)सम्म जम्मा ६ खर्ब २४ अर्ब  ७७ करोड रूपैयाँमात्र राजस्व संकलन भएकाे छ, यो लक्ष्यको ५६ प्रतिशतमात्रै हो । यसमा पनि कर राजस्व जम्मा ५ खर्ब ६७ अर्ब २३ करोड रूपैयाँमात्रै उठेको छ ।

यो वर्ष जम्मा ८ खर्ब २७ अर्ब रूपैयाँमात्रै राजस्व संकलन हुने संशाेधित अनुमान रहेकोमा घरबन्दीका कारण आर्थिक गतिविधि संकुचित भएपछि त्यो रकम पनि नउठ्ने भएपछि सरकारले राजस्व असुलीमा कडाइ गर्न लागेको थियो ।

यसमध्ये १ खर्ब रुपैयाँ स्थानीय तहमा बाँडफाँट हुँदा संघीय सर्वसञ्चित कोषमा ७ खर्ब २६ अर्बमात्र जम्मा हुनेछ, जुन रकम सरकारको चालू खर्च धान्न पनि पर्याप्त हुने छैन ।

प्रकाशित समय : २१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु