global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ संक्रमितको संख्या २३०० पुग्यो, थप २०१ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या २३०० पुग्यो, थप २०१ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या २३०० पुग्यो, थप २०१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत चौबिस घण्टामा १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो । बुधबारसम्म नेपालमा ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार कोसी अस्पतालमा गरिएको परीक्षण्मा मोरङका २, झापा १ जना, तेह्रथुमका १ सुनसरी १ जनामा कोरोना पोजेटिभ देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए । यसैगरी रुपन्देहीमा भएको परीक्षणमा ९५ जनाको पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका ६७, पाल्पाका २ जना र रुपन्देहीका २६ जना रहेका छन् ।

विराटनगरमा भएको परीक्षणमा धनकुटाका १ जना, धरानमा भएको परीक्षणमा सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथर १ जना र सुनसरीका ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सल्यानका २ जनामा पनि कोरोना पोजेटिभ देखिएको हो ।

जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ६ र कालिकोटका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ५, प्युठानका २ र सल्यानका १ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा धनुषाका १, कपिलवस्तुका २ जना, काठमाडौंका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीका १ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

थप १२ जना संक्रमण निको भए, ९ को मृत्यु

बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ ।

यस्तै हालसम्म ९ जनाको मृत्यु भएको छ । बुधबार नै दोलखाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसँगै मृतकको संख्या ९ पुगेको हो ।

८० हजार २ सय ६७ पीसीआर परीक्षण

बुधबारसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ वटा परीक्षण भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडीटी विधिबाट ४ हजार ३४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

प्रकाशित समय : २२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु