गृहपृष्ठ रवि लामिछाने आजै फेरि पार्टी सभापति बन्ने

रवि लामिछाने आजै फेरि पार्टी सभापति बन्ने

रवि लामिछाने आजै फेरि पार्टी सभापति बन्ने

 

राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै फेरि पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ ।
१३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले नागरिकता लिएसँगै फेरि पार्टी सभापति घोषणा गरिने लागेको हो ।

उनलाई पार्टी सभापति घोषणा गर्न आज ३.३० बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक बोलाएको छ ।

नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता छानेको थियो ।

 

प्रकाशित समय : १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु