global ime bank Long Banner Ad

गृहपृष्ठ नागरिकता पुनः प्राप्तिका लागि लामिछाने पुगे जिल्ला प्रशासन

नागरिकता पुनः प्राप्तिका लागि लामिछाने पुगे जिल्ला प्रशासन

नागरिकता पुनः प्राप्तिका लागि लामिछाने पुगे जिल्ला प्रशासन

रवि लामिछाने अहिले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् ।

गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन पुगेको बताइएको छ । सर्वोच्चको फैसलामा उनले नागरिकता लिन प्रक्रिया पुरा गर्नुपर्ने मात्रै भनेकाले सोहीअनुसार सामान्य प्रक्रियाबाट नागरिकता लिने तय भएको हो ।

शुक्रबार सर्वोच्च  अदालतले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको जनाएकाे छ। लामिछानेले राष्ट्रिय परिचयपत्र पनि बनाउने भएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए ।

अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भएपनि त्यसपछि उनले पुरानो नागरिकता आफूखुसी प्रयोग गरेको पुष्टि भएको थियो । त्यही नागरिकता उनले प्रक्रिया पुरा गरेर ब्युँताउन लागेका हुन् ।

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु