गृहपृष्ठ फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान बजारमा
फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान बजारमा

फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौंमा उपलब्ध हुने भएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोनको इलेक्ट्रिक भ्यान नेपालमा ल्याएको हाे ।
कम्पनीका अनुसार १४ र १७ सिट क्षमताका भ्यानहरु कम खर्चका साथै वातावारणमैत्री रहेको जनाइएकाे छ । फोटोन इभी भ्यानलाई टीयूभी राइनल्यान्ड, जर्मनीको एक प्रसिद्ध स्वतन्त्र परीक्षण, निरीक्षण र प्रमाणीकरण संस्थाद्वारा युरोपेली सम्पूर्ण सवारी साधनको प्रकारको स्वीकृति प्रमाणपत्र दिइएको छ ।
कम्पनीका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ केडब्लु एच छ । यी भ्यानहरुको रेञ्ज सिंगल चार्जमा २३५ किलोमिटरसम्म छ । यसको ८५ केडब्लु पावर तथा २९० एनयम टर्क छ भने फोटोनका भ्यानहरु घरमा पनि चार्ज गर्न सकिनेछ । यी भ्यानहरु दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनीको भनाइ छ ।
फोटोनका भ्यानहरू शैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स र अन्य संस्थाहरूका लागि उपयुक्त छन् जसले मानिसहरूलाई वातावरणमैत्री तरिकाले ढुवानी गर्ने छ । दिगो यातायात प्रवर्द्धन र कार्बन उत्सर्जन कम गर्न एमएडब्लू वृद्धि कमर्सियल भेहिकल पनि प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । सन् २०३० सम्ममा शतप्रतिशत विद्युतीय गतिशीलता हासिल गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्ने दिशामा पनि यो एउटा महत्वपूर्ण छ ।
फोटोन मोटर्सको विद्युतीय यात्रु भ्यानहरू काठमाडौंमा खरिद र टेस्ट ड्राइभको लागि उपलब्ध रहेका छन् ।
प्रकाशित समय : १३:४४ बजे