गृहपृष्ठ ग्लोबल आइएमई बैंकको ६३औं एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

ग्लोबल आइएमई बैंकको ६३औं एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

ग्लोबल आइएमई बैंकको ६३औं एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिनेलगायत सेवाहरु उपलब्ध हुनेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३६५ शाखा, ३६९ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु