गृहपृष्ठ २१७३.२५ बिन्दुमा पुग्यो नेप्से

२१७३.२५ बिन्दुमा पुग्यो नेप्से

२१७३.२५ बिन्दुमा पुग्यो नेप्से

आज नेप्से ०.३८ प्रतिशतले बढेर २१७३.२५ बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ८.१५ अंकले बढेको हाे ।

मंगलबार कारोबार रकम भने घटेको छ । मंगलबार २४८ वटा कम्पनीकाे ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ । आज काराेबार रकम ३ अर्ब ३२ लाख रुपैयाँमा सीमित भएको छ । गत सोमबार ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियाे ।

मंगलबार सानिमा जीआइसी इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४४४ रुपैयाँ ६० पैसा पुगेको छ । सर्वाधिक मूल्य घट्नेमा मैलुङ खोला जलविद्युत रहेको छ । उक्त कम्पनीको सेयर मूल्य ५.४८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५०९ रुपैयाँमा झरेको छ ।

मंगलबार सर्वाधिक सेयर खरिद-बिक्री नेपाल दूर सञ्चार कम्पनीको भएको छ । यस दिन उक्त कम्पनीको ८८९ रुपैयाँमा १२ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको हो ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३.८८ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशतले घटेको हो ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु