global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । केही समययता लगातार बढिरहेको सुनको मूल्य आज (मंगलबार) हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यसअघि गत फागुन २५ गते सुनको प्रतिताेला मूल्य एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम हुँदै ऐतिहासिक रेकर्ड बनाएको थियो ।

आज सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने १५ रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु