गृहपृष्ठ एभरेष्ट बैंकको नाफा ८९ प्रतिशत बढ्यो
एभरेष्ट बैंकको नाफा ८९ प्रतिशत बढ्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एभरेष्ट बैंक लिमिटेडले एक अर्ब ५८ करोड ८० लाख रूपैयाँ नाफा गरेको छ ।
बैंकले माघ ७ गते (आज) सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा बैंकको नाफा ८९.२९ प्रतिशतले बढेको हो । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८३ करोड ८९ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो । यस वर्ष बैंकले दुई अर्ब २६ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत वर्ष यस्तो नाफा एक अर्ब १९ करोड रूपैयाँ रहेको थियो ।
बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रूपैयाँभन्दा बढी र जगेडा कोषमा ९ अर्ब ९० करोड रूपैयाँभन्दा बढी रहेको छ । बैंकले एक खर्ब ८० अर्ब ७९ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ । एक खर्ब ५७ अर्ब ९२ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
गतवर्षको पुस मसान्तसम्म ०.२६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ०.५५ प्रतिशत पुगेको छ । बैंकले तीन अर्ब ६७ करोड दुई लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्ष उक्त शीर्षकमा दुई अर्ब १२ करोड ६९ लाख रुपैयाँ आम्दानी भएको थियो ।
प्रकाशित समय : १९:४० बजे