global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । २०७९ वैशाखमा भएको निर्वाचनमा उनी गठबन्धनलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

गाउँपालिका अध्यक्ष शाहीलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शाहीले हुम्लामा कांग्रेस मजबुत रहेको बताउँदै अझ पार्टीलाई सुदृढ गर्दै जानुपर्ने बताए ।

प्रकाशित समय : ०६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु