global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ टाटाको जेन्युइन स्पेयर पार्ट्स र आयलमा छुट

टाटाको जेन्युइन स्पेयर पार्ट्स र आयलमा छुट

टाटाको जेन्युइन स्पेयर पार्ट्स र आयलमा छुट

टाटा मोटर्सको नेपालको लागि एकमात्र आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको संयुक्त पहलमा टाटा जेन्युइन पार्ट्स तथा टाटा जेन्युइन आयलको मूल्यमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

सिप्रदी ट्रेडिङले ग्राहकको चाहना र अपेक्षालाई ध्यानमा राखी विद्यमान परिस्थितिको कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले उक्त योजना सञ्चालनमा ल्याएको बताइएको छ । उक्त छुट सुविधा नेपालभरी रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूमा लागू हुने कम्पनीको भनाइ छ ।

सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप सिप्रदीका अनुभवी तथा दक्ष प्रविधिकहरूबाट गाडीको चेकजाँच तथा परामर्श प्रदान गरी कम खर्चमा टाटा जेन्युइन पार्टस्को प्रयोगबाट गाडीको कार्य क्षमता वृद्धि गराई गाडी सञ्चालन खर्च न्यूनीकरण गरी ग्राहकको व्यवसाय उत्थानमा सहकार्य गर्ने अभिप्रायले उक्त योजना सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।

त्यस्तै, सिप्रदी वर्कशपमा फेरिएका टाटा जेन्युइन पार्टस्हरूमा ६ महिना वा ५० हजार किलाेमिटरसम्म वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दे आइरहेको बताएको छ ।

प्रकाशित समय : १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु