गृहपृष्ठ ‘सूर्यज्योतिको न्यानोपन’ अभियान : कम्बल तथा न्यानाे कपडा वितरण

‘सूर्यज्योतिको न्यानोपन’ अभियान : कम्बल तथा न्यानाे कपडा वितरण

‘सूर्यज्योतिको न्यानोपन’ अभियान : कम्बल तथा न्यानाे कपडा वितरण

हाल देशमा बढिरहेको जाडोलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानहरूमा सूर्यज्योतिको न्यानोपन अभियान सञ्चालन गरी कम्बल तथा न्यानाे कपडा वितरण गरेको छ ।

कम्पनीले देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनी असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरूवात गरेको हो । उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागि विभिन्न सावधानीका उपायहरू अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेको कम्पनीले जनाएकाे छ ।

सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका प्रमुख लोइस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा सञ्चालन गरिएको हो । साथै, गुल्मीमा, बौद्धिक/बहिरा-अपांगता भएका विधार्थीलाई न्यानो कपडा वितरण र माझीगाँउ बलिथुमका विपन्न परिवारहरूलाई न्यानो कपडा वितरण गरी सम्पन्न गरिएको थियो ।

उक्त अभियानअन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा गरिब तथा विपन्नहरूलाई कम्बल वितरण गरेको हो । लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्य ज्योती लाइफ इन्सोरेन्सका मधेश प्रदेशका प्रमुख दिपेन्द्र यादवको उपस्थितिमा १ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो । साथै जलेश्वर, लाहान र वीरगञ्जमा पनि कम्बल वितरण कार्यक्रम गरिएको हो ।

केही हप्तादेखि चिसो क्रमिक रुपमा बढ्दै गएकोले यसबाट जोगिन न्यानोको लागि कम्बल तथा कपडा वितरण अभियान चलाइएको र यस किसिमका अभियान देशको अन्य विभिन्न स्थानमा पनि गर्दै जाने प्रतिबद्धता जनाउँदै आफ्ना बिमितहरुले पाउने सेवा सुविधालाई अझ सुदिृढ गर्दै लैजाने प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहको छ भने कम्पनीले देशभर १८१ शाखा कार्यालयहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु