काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्रिपरिषद्‍को आकस्मिक बैठक आह्वान

8.11K
shares

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाएका छन् ।

दुर्घटनाप्रति दाहालले दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् ।

आइतबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको यतिको विमान पोखराको नयाँ गाउँस्थित दुर्घटना भएको हो । उक्त विमानमा ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार थिए। दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ ।