काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल टी–२० लिगमाथि आईसीसीको निगरानी

7.04K
shares

नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आशंका बढेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद -आईसीसी_ झस्किएको छ । र, उसले कडा निगरानी थालेको छ ।

म्याच वा स्पट फिक्सिङमा शून्य सहनशीलता अपनाउने आईसीसीले आफूले अनुमति दिएको प्रतियोगितामा एन्टी करप्सन युनिट -एसीयू राख्ने गरेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ पुसदेखि सुरु भएको नेपाल टी–२० लिगका आईसीसी एसीयू कमिटीका पूर्व सदस्य वीर सिंह नेतृत्वको टोली खटिएको छ ।

प्रतियोगितामा स्पट फिक्सिङको आशंका बढेपछि आईसीसीले निगरानी बढाएको छ । स्रोतका अनुसार वीर सिंह नेतृत्वको टोलीले लिगबारे गरेको रिपोर्टिङका आधारमा आईसीसीले प्राथमिकताका साथ अनुसन्धान सुरु गरेको बताइन्छ ।

त्यसका लागि आईसीसी एसीयूका दुई सदस्य काठमाडौं ओर्लिएका छन् । आईसीसी एसीयू म्यानेजर समेत रहेका इंग्ल्याण्ड प्रहरीका पूर्व अनुसन्धान अधिकृत र आईसीसी एसीयू सदस्य सन्नी सम्मिलित टिम बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।

उनीहरुले बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन् । मैदानमा रहेका क्यान एसीयूका म्यानेजर वीर सिंहसँग भेटवार्ता गरेका छन् । दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टिमसँग छलफल गरेका उनीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलाई पनि भेटेका छन् ।

राखेपले बुधबार मात्र नेपाल टी–२० लिगमा विदेशी खेलाडी श्रम स्वीकृति बिना खेलाएको, सट्टेबाजी भइरहेको र सम्भावित स्पट फिक्सिङबारे छानबिन गर्न कार्यकारीणी समिति सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा छानबिन समिति बनाएको थियो।