काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दाङबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

7.56K
shares

दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–४ सुनपुरका १९ वर्षीय बिक्रम भण्डारी, गढवा–६ का २८ वर्षीय मनोजकुमार यादव र २१ वर्षीय विशाल परियारलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले तीन जनामध्ये भण्डारीलाई घोराही–१८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउन सुगरसहित पक्राउ गरेको हो । यादव र परियारलाई लमही–४ अर्नवाबाट पक्राउ गरेको हो ।

प्रहरीले भण्डारीको साथबाट प्लाष्टिकसहित १ दशमलव १ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।