काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गण्डकीमा पाँच दिनभित्र सरकार गठन गरिसक्नुपर्ने

8.17K
shares

गण्डकीमा पाँच दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाँच दिनको समय दिएर सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् । गण्डकीमा एउटा मात्रै पार्टीको बहुमत छैन । त्यसैले संविधानको धारा १७६ (२) अनुसार २ वा सो भन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्छ ।

केन्द्रीय सत्ता गठबन्धन हेर्ने हो भने यहाँ पनि एमाले, माओवादी र राप्रपाको गठजोडबाट सरकार बन्ने देखिन्छ । पहिलो पार्टी नेपाली कांग्रेससँग २७ सीट छ भने सत्ता गठबन्धनसँग ३२ सीट छ । एक सीट एकीकृत समाजवादीमा छ ।

माथिल्लो गठबन्धनका कारण यहाँ पनि पहिलो पार्टी सत्ताबाट बाहिर रहने पक्का भएको छ । दोस्रो दल एमालेको २२ तथा माओवादीको ८ र राप्रपाको २ सीटबाट गण्डकीमा सरकार बन्न सक्छ ।