काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘ठग’ नटवरलाल पक्राउ

9.89K
shares

विभिन्न बाहना तथा छुट्टाछुट्टै परिचय दिएर करोडैंको ठगि गर्दै आएका नटवरलाल उप नामले परिचित दार्चुलाका पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंक तथा वित्तिय संस्थाको प्रमुख रहेको र त्यहाँबाट ऋण उपलब्ध गराइदिने बहानामा होस् वा अर्काको नामको जग्गा आफ्नो भन्दै बेचेर नक्कली पूर्जा दिने, महिलाको अस्लिल भिडिओ बनाई बार्गेनिङ गर्ने जस्ता आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नटवरलालले कैलाली, कञ्चनपुरलाई ठगि गर्ने मुख्य थलो बनाएका थिए । त्यसबाहेक उनले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पनि ठगि गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दार्चुलाको लेकम गाउँपालिका–१ घर भएका नटरलाललाई धनगढी–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

हाल प्रहरीले नटवरलालमाथि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । साथै निज नटवरलाल उपनाम गरेका पदमराज भट्टबाट ठगिएका व्यक्तिलाई प्रमाणसहित जिल्ला प्रहरीमा जाहेरी दिन पनि प्रहरीले आग्रह गरेको छ ।