काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न आह्वान

798
shares

काठमाडौँ। कृषि विभागले धानबाली, फलफूल बगैँचा, नर्सरीहरू, तरकारी र उखुबाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न किसानलाई आग्रह गरेको छ ।

विभागले विकसित भइरहेको ‘अर्नब’ चक्रवातका कारण मौसममा आएको फेरबदललाई अध्ययन गरेर किसानलाई वर्षातको अवधिभर पशुचौपायालाई ओसारपसार नगर्न पनि आह्वान गरेको हो ।

विभागले कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रसँग समन्वय गरी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रमार्फत किसानलाई सचेत गराएको छ । मौसममा आएको प्रतिकूलता कारण खाद्य बालीमा हुने क्षति न्यूनीकरणका लागि बाली नकाट्न तथा भण्डार नगर्न सूचनासहितको एसएमएस किसानलाई पठाएर उच्च सतर्कता अपनाउन आग्रह गरिएको विभागले जनाएको छ ।

बिहीबारदेखि मौसममा आएको फेरबदलले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र केही स्थानमा आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको विश्लेषणका आधारमा विभागले नकाटेको धानलाई मौसम सफा भई पानी पर्न रोकिएको तीन(चार दिनपछि मौसमको अवस्था हेरी काट्न भनेको छ । सातवटै प्रदेशका मन्त्रालयहरूलाई पत्राचार गरी स्थानीय तहका संयन्त्रमार्फत किसानलाई सचेत गराउन निर्देशन दिइएको जनाइएको छ ।