काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

11.4K
shares

पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेका लागि छुटेको बस दुर्घटनामा परेको पाल्पा प्रहरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा र दानकुमारी खत्रीको मृत्यु भएको हो । १८ जना घाइते भएका छन्।

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।