काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तराईमा एक हप्तादेखि शीतलहर

10K
shares

तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुसदेखि तराईमा शीतलहर चल्न थालेको हो ।

नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ । सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ ।

महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ । पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु, कुहिरो लाग्दै आएको छ । आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ ।

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन महाशाखाले गरेको छ । पश्चिम र मध्यतराईका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने सम्भावना छ ।