काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

6.47K
shares

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला नौ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने १० रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।