काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सितलहर बढेपछि महोत्तरीका ७ पालिकामा विद्यालय बन्द

7.1K
shares

बाक्लो हुस्सु र सितलहर बढेपछि महोत्तरीमा सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् ।

अत्याधिक जाडो बढेपछि जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानीय तहले धमाधम बिदा दिन थालेका हुन् । अहिलेसम्म जिल्लाका ७ पालिकाले सामुदायिक विद्यालय बन्द गरेका छन् ।

बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेस्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका गरि ७ पालिकाहरुमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय इकाइले जनाएको छ ।

सोमबारदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन् ।

जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेबाट बिदा दिने त्यहाँको शिक्षा शाखाले जानकारी दिएको छ ।