काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

7.67K
shares

चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको प्रतियोगितामा मछिन्द्रलाई ३-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अपराजित यात्रा कायम राखेको हो ।

पहिलो हाफ २-० को अग्रता लिएको चर्च ब्याइजले दोश्रो हाफमा पुनः १ गोल थप्यो । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले दोश्रो हाफमा १ गोल मात्रै फर्काउन सक्यो ।

२३औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा आशिषले नै दोश्रो गोल गरे । चर्चले ६७औं मिनेटमा तेश्रो गोल गर्‍यो । आशिषको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले गोल गरे ।

मछिन्द्रले ८९औं मिनेटमा सान्त्वना गोल फर्काएको हो । मछिन्द्रका लागि सौरव सुब्बाले गोल गरे । खेलमा धेरै अवसर पाएपनि मछिन्द्र गोल गर्नबाट चुक्यो ।