काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आम जनता पार्टीले तोक्यो मधेश प्रदेशका जिल्ला संयोजक

7.69K
shares

प्रभु साह नेतृत्वको आम जनता पार्टीले मधेश प्रदेशका आठ जिल्लामा संयोजक, सचिव र इन्चार्ज तोकेको छ ।

पार्टीको अन्तरिम विधान २०७९ बमोजिम मधेश प्रदेशका आठवटै जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेको अध्यक्ष साहले जानकारी दिए । उनका अनुसार पर्सा संयोजकमा कदम रसुल, सचिवमा विश्वराज पटेल र इन्चार्जमा बाबुराम कौशिक रहेका छन् ।

यसैगरी, बारा संयोजकमा उमेश कुश्वाहा, सचिवमा राजकिशोर साह र इन्चार्जमा अशोक लामा छन् । रौतहट संयोजक धर्मेन्द्र पटेल, सचिव पलट चौधरी र इन्चार्जमा त्रिभुवन साह तोकिएका छन् । सर्लाही संयोजकमा तुल्सीप्रसाद हुमागाईं, सचिवमा नविन साह र इन्चार्ज रिता देवी, महोत्तरी संयोजकमा विजय साह, सचिवमा प्रमोद महतो र इन्चार्जमा राधेश्याम साह तोकिएका छन् ।

धनुषा संयोजकमा श्रीलाल महासेठ, सचिवमा बलदेव साह र इन्चार्जमा श्रीलाल महासेठ, सिरहा संयोजकमा उदय साह, सचिवमा धर्मेन्द्र महरा र इन्चार्जमा बिल्टु यादव र सप्तरी संयोजकमा शिवकुमार महरा, सचिवमा सुनिल राज दास र इन्चार्जमा आरडी आजादलाई तोकिएको अध्यक्ष साहले जनाए ।