गृहपृष्ठ प्रधानमन्त्री प्रचण्ड चितवनमा

प्रधानमन्त्री प्रचण्ड चितवनमा

प्रधानमन्त्री प्रचण्ड चितवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाने भएका छन् । एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन उनी चितवन जान लागेका हुन् ।

प्रधानमन्त्री भएपछि राजधानी बाहिरको यो पहिलो सार्वजनिक कार्यक्रम हो । उनले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् ।

प्रधानमन्त्रीले विहान ११ बजे हिरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ । उनी सो अवसरमा स्वर्ण र हिरक स्तम्भ अनावरण, भवन सिलान्यास, हिरकद्वार उदघाटन, हिरक स्मारिका विमोचन लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले जनाएको छ ।

प्रकाशित समय : १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु