गृहपृष्ठ कीर्तिमानी पारिश्रमिकसहित रोनाल्डो साउदी क्लबमा अनुबन्धित

कीर्तिमानी पारिश्रमिकसहित रोनाल्डो साउदी क्लबमा अनुबन्धित

कीर्तिमानी पारिश्रमिकसहित रोनाल्डो साउदी क्लबमा अनुबन्धित

क्रिस्टियानो रोनाल्डो सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका छन् । त्यस अगाडि म्यानचेस्टर युनाइटेडको कडा आलोचना गरेपछि दुवै पल्टले एकापसमा अलग हुने निर्णय गरेका थिए ।

नयाँ अनुबन्धअनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड पारिश्रमिक लिनेछन् र यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान हो ।

अनुबन्धपछि ३७ वर्षीय रोनाल्डोले आफू नयाँ देशमा फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको बताएका छन् ।

साउदी प्रो लिग च्याम्पियन अल नासरले पनि रोनाल्डोलाई अनुबन्ध गरेर नयाँ इतिहास बनाउने क्रममा रहेको बताएको छ ।

प्रकाशित समय : १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु