काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

7.9K
shares

सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेल नियुक्त भएका छन् ।

साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहणसँगै आवश्यक राजनीतिक नियुक्तिको प्रक्रिया सुरु गरेका छन् । नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने बताइएको छ । सर्वोच्च अदालतको न्यायाधीशको दाबेदार रहेका पोखरेल लामो समयदेखि माओवादी केन्द्र निकट छन् ।

यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले साेमबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पाेखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

महान्यायाधिवक्तामा रामनारायण बिडारी, तुलसी भट्ट, रमणकुमार श्रेष्ठकाे नाम चर्चामा थियाे ।