global ime bank Long Banner Ad

गृहपृष्ठ पुस तेस्रो साता संघीय संसद्को अधिवेशन

पुस तेस्रो साता संघीय संसद्को अधिवेशन

पुस तेस्रो साता संघीय संसद्को अधिवेशन

संघीय संसदको पहिलो बैठक पुसको तेस्रो साता बोलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पुस २९ अगावै संघीय संसदको बैठक बोलाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।

निर्वाचनको अन्तिम परिणााम आएको एक महिनाभित्रै संसद बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान छ । आगामी पुस २९ अगावै संसद बैठक बोलाउनुपर्ने हुन्छ ।

मन्त्रिपरिषदको पहिलो बैठकपछि सोमबार एक मन्त्रीले कान्तिपुर टेलिभिजनसँग भने ुमिति तोकिएको छैन, तर पुस २५, २६ गतेतिर बैठक बोलाउने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।ु

पहिलो क्याबिनेट बैठकपछि सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संघीय संसदको अधिवेशन बोलाउने निर्णय लिएको जानकारी दिए ।

प्रकाशित समय : २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु