५६ अंकले बढ्यो नेप्से, ५ कम्पनीमा लाग्यो सर्किट
वि.सं.२०७९ पुस ११ सोमवार १५:२९
shares

सोमबार नेप्से ५६.८८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार ३.०५ प्रतिशतले वृद्धि भइ १९२४.०९ विन्दुमा पुगेको छ ।
आज पाँज कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुनेमा गोरखा फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सृजनशिल लघुवित्त र रिलायन्स फाइनान्स रहेको छ ।
आज ‘अन्य’ समूहबाहेक बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ६.५२ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत समूहको परिसूचक ५.१६ प्रतिशत, विकास बैंक समूहको परिसूचक ४.६६ प्रतिशत र र लगानी समूहको परिसूचक ४.१६ प्रतिशतले बढेको हो ।
यो समूहको परिसूचक ६.५२ प्रतिशत वृद्धि भएको छ । आजको सेयर बजारमा ५६ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ कराेढ ७० लाख रूपैयाँ बढीको कारोबार भएको छ ।

























