global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङको एकीकृत कारोबार सुरू

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङको एकीकृत कारोबार सुरू

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङको एकीकृत कारोबार सुरू

नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड एक आपसमा गाभिई शुक्रबारबाट एकीकृत कारोबारको घोषणा गरिएको छ ।

दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमवाली २०६४ को नियमबमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर/एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गर्नुपर्ने जनाइएकाे छ । यसैगरी गाभिने वा प्राप्त गर्ने कार्य सम्पन्न भएको छ महिनाभित्र मर्चेन्ट बैंकिङ व्यवसायको लागि एक मात्र सहायक कम्पनी कायम गरी सक्नुपर्ने कानुनी व्यवस्थाअनुरुप संस्थाका प्रवर्द्धक नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गरेपश्चात् भदौ २१ मा यस संस्था र एनबी क्यापिटलबीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो ।

मंसिर १८ मा दुवै संस्थाले आ-आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी एजेन्डा पारित गरेकाे थियाे । विशेष साधारणसभाबाट अनुमोदित निर्णयसहित दुवै संस्थाबाट एकीकृत कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यलय निवेदन पेश गरिएको र कम्पनी रजिष्ट्रारबाट एकीकृत कारोबारको लागि स्वीकृति प्राप्त भएपश्चात् गत मंसिर २७ गते यस कम्पनीको सञ्चालक समितिको निर्णयबमोजिम शुक्रबारदेखि एकीकृत कारोबार गर्ने निर्णयबमोजिम उक्त घोषणासभाको आयोजना गरिएको थियो ।

घोषणा सभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानालगायत बैंकका उपप्रमुख कार्यकारी अधिकृतहरु तथा साविक नेपाल बंगलादेश क्यापिटलका सञ्चालकहरु र नबिल इन्भेष्टमेन्टका सञ्चालकहरु उपस्थित थिए ।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु