global ime bank Long Banner Ad

गृहपृष्ठ साफ यू-२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

साफ यू-२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

साफ यू-२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक फाइल तस्बिर ।

साफ यू-२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । प्रतियाेगिता बंगलादेशमा आयोजना हुने तय भइसकेकाे छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसनले बिहीबार साफ यू-२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । ढाकामा आयोजना हुने च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

नेपालले प्रतियोगिताको पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्नेछ । यस्तै नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।

खेल तालिका :

प्रकाशित समय : ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु