काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्र बैंकको चेतावनी- अनलाइनमार्फत सट्टेबाजी गर्नेको खाता रोक्का हुन्छ

7.39K
shares

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट जुवा तथा बाजीजन्य गैरकानुन कार्य गर्नेहरुलाई कारबाही गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्ता सट्टेबाजी गर्ने वा यस्तो क्रियाकलापमा सहभागी हुने व्यक्ति, समूह, संस्थालाई कानुनमार्फत कारबाही गर्ने तथा बैंक निजको खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारसमेत रोक्का राख्ने जनाएको छ ।

यस बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले जुवा तथा बाजीजन्य गैरकानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिन व्यवस्था मिलाउनु पर्नेमा जोड दिएको हो ।

सूचना :