नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच व्यवसायिक सम्झौता
वि.सं.२०७९ मंसिर २८ बुधवार १५:०६
shares

नेपाल रेमिट इन्टरनेशनल प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रालि नेपाल रेमिट इन्टरनेशनल प्रालिको मुख्य प्रतिनिधि भएको छ । नेपाल रेमिट इन्टरनेशनल प्रालिले नेपालका सबै बैंक खातामा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स भित्राउँदै आएको छ ।
१५ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दे आएको साथै देशभर १० हजारभन्दा बढी स्थानबाट सेवा प्रदान गर्दै आएको नेपाल रेमिट र एक दशकदेखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको प्रभु म्यानेजमेन्टबिचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ ।
प्रभु म्यानेजमेन्ट प्रालि सँगको सम्झौतासँगै नेपाल रेमिटका ग्राहकले अब देशभर रहेका १५ हजार स्थानबाट विदेशबाट पठाएको रकमको भुक्तानी लिन सक्नेछन् ।

























