गृहपृष्ठ सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा शुल्क नलाग्ने

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा शुल्क नलाग्ने

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा शुल्क नलाग्ने

सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिभिल बैकका चिफ बिजनेस भोला बहादुर विष्ट र नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले हस्ताक्षर गरेका हुन् । साे सम्झौताअनुसार आगामी पुस १ देखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्टलगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्नेछैन ।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीतिबमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।सिभिल बैंकको साढे चार लाखभन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ता यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैकका चिफ विजिनेस बिष्टले बताए ।

हालसम्म ९५.२४ अर्ब निक्षेप संकलन गरी करिब ८७.०८ अर्ब ऋण लगानी गरेको सिभिल बैंकको हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु