काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ल्याण्डफिल सार्न पोखराको प्रयास असफल

10.08K
shares

पोखरा महानगरपालिकाले ल्याण्डफिल साइट नहटाउँदा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा समस्या देखिने भएको छ । सरकारले निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ तारिखदेखि सन्चालन गर्ने निर्णय गरिसकेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले उद्घघाटनको तयारी पनि गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घघाटन गर्ने घोषणा भइसक्दा पोखराको ल्याण्डफिल साइटका कारण समस्या उत्पन्न भएको छ । विमानस्थलको उडान रुपमा पर्ने पोखरा १४ को ल्याण्डफिल अन्तर्राष्ट्रिय उडान हुनुअघि नै सार्नुपर्ने सर्त छ ।

चार वर्षअघिदेखि ल्याण्डफिल सार्न विमानस्थल आयोजनाले पटक-पटक पत्राचार गर्दासमेत महानगरले वास्ता गरेन । ल्याण्डफिलकै कारण विमानस्थल सन्चालनमा समस्या आउने विमानस्थलका प्रवक्ता अनुप जोशी बताउँछन् । ‘ल्याण्डफिल उडान अघि नै सार्नुपर्छ । तर महानगरको चासो पुगेन । अहिले फोहोर फाल्ने ल्याण्डफिलबाट चराहरुको जोखिम बढी छ,’ उनले भने, ‘हामी जसरी पनि जनवरी १ मा विमान उडाउने तयारीमा छौं । वैकल्पिक उपायको खोजी भइरहेको छ ।’

विज्ञका अनुसार ल्यान्डफिल साइटमा एक सय आठ प्रजातिका चरा दैनिक घुमिरहन्छन् । जहाजलाई उनै चराहरूको जोखिम हुन्छ । चरालाई अन्यत्र विस्थापित गर्न कम्तीमा ६ महिना लाग्छ । तर, २० दिनमात्र बाँकी हुँदा पनि महानगरले फोहर फाल्न छाडेको छैन ।

गत मंसिर १८ देखि बाच्छेबुडुवामा फोहोर नफाल्ने निर्णय गरेको महानगरले अन्यत्र फोहोर फाल्ने ठाउँ नपाएपछि अहिले पनि सोही ठाउँमा थुपारिरहेको छ । मेयर धनराज आचार्य आगामी शनिबारदेखि त्यहाँ फोहोर नफाल्ने दाबी गर्छन् । ‘सम्भवतः शनिबारदेखि त्यहाँ फोहोर लैजान छोड्छौं । हामी तत्कालका लागि डम्प गरेर राख्छौं,’ उनले भने, ‘अल्पकालीन योजना अनुसार चार ठाउँमा फोहोर थुपारेर डम्प गर्छौं । त्यसपछि विशेष प्लाण्ट नै सन्चालन गर्ने तयारी छ ।’ केही दिनमै राजनीतिक दल र सरोकारवालासँग अन्तरक्रिया गर्ने उनले सुनाए ।

अहिले पोखरामा दैनिक १ सय ८८ टन फोहोर उत्सर्जन हुन्छ । अधिकांश फोहोर ल्याण्डफिलमा लगेर थुपारिन्छ । ल्याण्डफिल साइट नहटाएपछि विमानस्थल आयोजनाले बाँदर धपाउने यन्त्र ल्याएर चरा लखेट्ने तयारी गरेको छ । पूरानो विमानस्थलको यन्त्र लगेर राखिएको आयोजनाले जनाएको छ ।

पोखराले केही समयदेखि ल्याण्डफिल सार्न विभिन्न वडामा जग्गा हेरेको छ । तर, जुन वडामा गयो, त्यही विरोध हुन्छ । स्थानीय उल्टिएर विरोध गर्छन् । दुई वर्षअघि पोखरा १६ र २० को सीमानामा फाल्ने निर्णय गरेपछि स्थानीयले विरोध गरे । महानगर आफ्नै निर्णयबाट पछि हट्यो ।

त्यसपछि पोखराको ३३ नम्बर वडालाई प्रस्ताव गरियो । स्थानीयले विरोध गरे । २२ नम्बर वडामा फाल्न जग्गा खरिद गर्ने तयारी थियो । त्यहाँ पनि विरोध भयो । स्थानीयले सर्वदलीय बैठक बसेर कुनै हालतमा आफनो वडामा फोहोर ल्याउन नदिने निर्णय गरे । अहिले पोखरामा फोहोर कहाँ राख्ने भन्ने समस्या सुरु भएको छ ।