मौसममा उल्लेख्य परिवर्तन छैन
वि.सं.२०७९ मंसिर २५ आइतवार ०८:५६
shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार प्रदेश १, मधेश, गण्डकी र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ ।

























